Menu

आजको मौसम

बुद्ध एयरको सिमरा–काठमाडौं उडान ढिलो, यात्रु समस्यामा

Author
News Feed |
September 18, 2026
Featured

बारा , असोज २ –

बाराको सिमरा विमानस्थलबाट काठमाडौं जाने बुद्ध एयरको नियमित उडान ढिलो हुँदा शुक्रबार यात्रुहरू समस्यामा परेका छन्। १२ः१५ बजेका लागि तय गरिएको U4 554 उडान करिब ४५ मिनेट ढिलो भएको हो।

निर्धारित समयमै विमानस्थल पुगेका यात्रुले बोर्डिङ पास लिएर लामो समय कुर्नुपरेको गुनासो गरेका छन्। काठमाडौंमा छोटो समयमै अत्यावश्यक काम सकेर फर्किने योजनामा रहेका यात्रुको समयतालिका उडान ढिलाइका कारण प्रभावित भएको छ।

सिमराबाट सडकमार्ग हुँदै काठमाडौं पुग्न करिब चार घण्टा लाग्ने भएकाले समय बचतका लागि यात्रुहरूले हवाई सेवा रोज्ने गरेका छन्। उडानमै ढिलाइ भएपछि यात्रुको काम प्रभावित हुने भन्दै समयमै सेवा सञ्चालन गर्न उनीहरूले माग गरेका छन्।

यात्रुहरूले उडान ढिलाइ हुने अवस्था आए त्यसको कारण र संशोधित समयबारे तत्काल जानकारी गराउन पनि बुद्ध एयरसँग आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3