वीरगंज , भदौ २२ –
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक हप्ताको समयसीमा दिएकी छन् ।
मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका क्रममा मन्त्री कुमारीले वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगलाई कारबाही गर्ने चेतावनी दिएकी हुन् । उद्योगबाट प्रशोधन नगरी ढल तथा औद्योगिक फोहोर खोलामा मिसाउँदा सिर्सिया खोला प्रदूषित हुँदै आएको छ ।
प्रदूषणका कारण सिमरा, महुली तथा पर्साका विभिन्न गाउँका बासिन्दा प्रभावित हुँदै आएका छन् । लामो समयदेखि सिर्सिया खोला प्रदूषणमुक्त बनाउन माग गर्दै आएका स्थानीयले मन्त्रीको निर्देशनसँगै प्रदूषण नियन्त्रण हुने अपेक्षा गरेका छन् ।
साभार:
घण्टाघर टिभी