Menu

आजको मौसम

नेपाल र बंगलादेशबीच मार्चमा ऐतिहासिक टी–२० शृङ्खला हुने

Author
News Feed |
September 17, 2026
Featured

पर्सा , असोज १ –

नेपाल र बंगलादेशबीच आगामी मार्चमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार शृङ्खला २०२७ मार्च २६, २८ र ३० मा कीर्तिपुरमा हुनेछ। टेस्ट राष्ट्र बंगलादेश पहिलोपटक नेपाल आएर द्विपक्षीय शृङ्खला खेल्न लागेको हो।

क्यानका अनुसार हालैको बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा शृङ्खला समर्पित गरिनेछ। साथै, बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला तथा उमेर समूह क्रिकेट र क्षमता अभिवृद्धिमा सहयोग गर्ने भएको छ।

भविष्यमा नेपाल ‘ए’ र बंगलादेश ‘ए’ टोलीबीचका भ्रमण तथा द्विपक्षीय शृङ्खलालाई समेत अघि बढाउने सहमति भएको क्यानले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3