Menu

आजको मौसम

जेनजी पर्साद्वारा बाढीपीडितलाई राहत वितरण

Author
News Feed |
September 13, 2026
Featured

वीरगंज, २८ भदौ ।

जेनजी पर्सा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधीर पटेलको नेतृत्वमा धादिङ जिल्लाका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरिएको जनाएको छ।

 

धादिड्ढो गजुरी गाउँपालिका–५ र ६ मा रहेका बाढीपीडितका लागि स्थापना गरिएको होल्डिङ सेन्टरमा पुगेर करिब २०० परिवारलाई राहत चामल, दाल, आलु, प्याज, नुन, तेल, साबुन, सोयाबिन, चिउरा, दालमोठ तथा लत्ताकपडा लगायतका सामग्रीहरु वितरण गरिएको थियो । वितरण गरिएको राहत सामग्रीको कुल मूल्य करिब १५ लाख रुपियाँ बराबर रहेको बताइएको छ।

 

राहत वितरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष गोविन्द लामिछाने, वडा नम्बर ६ का अध्यक्ष भक्तबहादुर तामाङ, जेनजी पर्साका संयोजक महादेव प्रसाद कुर्मी, प्रमुख सल्लाहकार वीरेन्द्र कण्ठ, युवा अभियन्ता तथा समाजसेवी सुशील पटेल, जेनजीका चन्दन महतो र रकी खानलगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3