Menu

आजको मौसम

मोस्ट वान्टेड गोल्डी बरारको टाउकोको मूल्य १ मिलियन डलर

Author
News Feed |
September 29, 2026
Featured

काठमाडौं । अमेरिकी जासुसी एजेन्सी एफबीआईले ग्याङ्स्टर सतिन्दरजीत सिंह उर्फ गोल्डी बरारलाई ‘टप १० मोस्ट वान्टेड’ को सूचीमा समावेश गरेको छ। बरारबारे जानकारी दिने व्यक्तिलाई १० लाख डलर सम्मको पुरस्कार दिने घोषणा गरिएको छ।

बरारलाई लरेन्स अर्गनाइज्ड क्राइम ग्रुपको उत्तर अमेरिकामा प्रमुख अपरेशनल लिडर बताइएको छ। लरेन्स र गोल्डी बरारमाथि सन् २०२३ मा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या गरेको आरोप छ। यसै वर्षको जुलाईमा निज्जरको हत्यालाई लिएर अमेरिकाले पहिलोपटक चार्जसिट (आरोपपत्र) दर्ता गरेको थियो।

अमेरिकी सरकारका अनुसार, लरेन्सले भारतीय जेलमा रहँदै पनि अन्तर्राष्ट्रिय अपराध नेटवर्क चलाइरहेका थिए। उनले जेलभित्र तस्करी गरी पुर्‍याइएका मोबाइल फोन र इन्टरनेट कलिङ डिभाइसमार्फत हत्या, असुली, अपहरण, लागूपदार्थ र मानव तस्करी जस्ता गतिविधिहरूको निर्देशन दिने गर्दथे।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3