Menu

आजको मौसम

सप्तरीमा युवक अपहरण भएको भन्दै प्रहरी चौकी घेराउ

Author
News Feed |
September 16, 2026
Featured

सप्तरी , भदौ ३१ —

सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै अपहरण गरिएको भन्दै आफन्त र स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्।

सोमबार राति करिब १२ बजे ६–७ जनाको समूह घरमा आएर परिवारका सदस्यलाई पेस्तोल देखाउँदै सुतिरहेका अभिनन्दलाई नियन्त्रणमा लिएर गएको उनका काका अमोद यादवले बताएका छन्।

घटनाबारे प्रहरीलाई जानकारी गराउँदा तत्काल सुनुवाइ नभएको भन्दै आफन्त र स्थानीयवासीले मंगलबार प्रहरी चौकी घेराउ गरेका हुन्। उनीहरूले अभिनन्दको तत्काल खोजी गरी अवस्थाबारे जानकारी गराउन माग गरेका छन्।

वडाध्यक्ष लक्ष्मीनारायण झाले गाउँमै प्रहरी चौकी र सशस्त्र प्रहरीको बीओपी हुँदाहुँदै घरबाटै युवकलाई लगिनु गम्भीर विषय भएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले युवकको खोजी भइरहेको जनाएका छन्। उनका अनुसार अभिनन्द भारतमा गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले नियन्त्रणमा लिएर गएको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ।

तर पेस्तोल बोकेको समूह घरमा आएको विषयमा प्रहरीलाई जानकारी नभएको घिमिरेले बताएका छन्। घटनाबारे भारतीय पक्षसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3