Menu

आजको मौसम

चिलिमे आयोजनाको टनेलबाट थप चार शव फेला

Author
News Feed |
September 17, 2026
Featured

रसुवा , असोज १ –

चिलिमे जलविद्युत् आयोजनाको टनेलबाट थप चार शव र एक मानव अंग फेला परेको छ ।

नेपाली सेनाका अनुसार मंगलबार टनेलको ‘ब्रेक थ्रु’ गरी अन्तिम किनारासम्म खोजी गर्ने क्रममा शव तथा मानव अंग फेला परेको हो । फेला परेका शव र मानव अंगलाई हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ ।

यसअघि भदौ १५ गते पनि टनेलबाट एक शव र एक मानव अंग फेला परेको थियो । भदौ १० गतेको बाढीका बेला टनेलमा ६ जना फसेको अनुमान गरिएकोमा अझै एक जनाको खोजी भइरहेको चिलिमे आयोजनाले जनाएको छ ।

खोजी तथा उद्धारमा नेपाली सेना, भारतीय सेना, सशस्त्र प्रहरी, चिलिमे जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणसहितका निकाय परिचालित रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3