Menu

आजको मौसम

खसी भनेर झुक्याएर बाख्रीको मासु बेच्ने तीनजना पक्राउ

Author
News Feed |
September 07, 2026
Featured

वीरगंज । खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा तीनजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको सितामढी घर भइ हाल काठमाडौं रातोपुलमा बस्दै आइरहेका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भइ सिफल बस्ने १८ वर्षीय अरूण कार्की र मकवानपुरको हेटौडाका २१ वर्षीय सुजन रसाइली छन् ।

रातोपुल नजिक सफिक मासु पसल खोलेर खसीको मासु भन्दै प्रतिकिलो १८ सय रुपियाँका दरले बाख्रीको मासु बेचेको प्रहरीले बताएको छ ।

बाख्रीको मासु र अर्काे काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । पक्राउ परेका तीनैजनालाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान अघि बढाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3