वीरगंज २७ भदौ। बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहले प्रहरी कार्यालयमै तस्करका नाईकेहरुलाई बोलाई बार्गेनिङ्ग गरी तस्करीको लाईन दिएको समाचार स्रोतले जनाएको छ ।
देशको सम्पूर्ण ध्यान विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहश्रको उद्धार, राहत र पुनःस्थापनातर्फ केन्द्रित भइरहेका बेला बाराको सीमावर्ती क्षेत्र सिम्रौनगढका प्रहरी निरीक्षक साहले आफ्नो दुनो सोझ्याउदै प्रहरी संगठनलाई बदनाम गर्नमा तल्लिन देखिएको आरोप लाग्न थालेको छ ।
बिगत केही वर्ष पहिला सर्लाहीमा भएको ‘विप्लव’ समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको विवादास्पद मृत्यु (इन्काउन्टर) प्रकरणमा मुछिएका बिवादित प्रहरी निरीक्षक साहले नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको धाक लगाउदै प्रहरी संगठनलाई बदनाम गराउदै आएको बताईन्छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थित लखनदेही खोला नजिकै प्रहरी निरीक्षक साह सहित अन्य प्रहरी कर्मचारीहरु माथि नियोजित रुपमा “फेक इन्काउन्टर” गरेको आरोप लागे सँगै सम्मानित सर्वोच्च अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । यो घटना त प्रतिनिधि पात्रको रुपमा मात्र हो, यस्ता थुप्रै बिवादमा परेका प्रहरी निरीक्षक साहले तस्करी वापत असुली गरेका अवैध रकमबाट प्रहरी संगठनको माथिल्लो निकायसम्म भाग पु¥याउने गरेको प्रहरी स्रोतको दाबी रहेको छ ।