Menu

आजको मौसम

पर्सामा खसी चोरी बढेपछि पशुपालक चिन्तित

Author
News Feed |
September 18, 2026
Featured

पर्सा , असोज २ –

पर्साको ग्रामीण क्षेत्रमा खसी–बाख्रा चोरीका घटना बढ्न थालेपछि पशुपालक चिन्तित बनेका छन्। स्थानीयका अनुसार खसी–बाख्रा किन्ने बहानामा गाउँ पुग्ने र मौका छोपेर चोरी गर्ने समूह सक्रिय छन्।

पछिल्लो घटना सखुवाप्रसौनी गाउँपालिका–४ ओझैया प्रसौनीमा भएको छ। स्थानीय शम्भु साह सोनारको करिब ३०–३५ किलो तौल र २० हजार रुपैयाँ मूल्यको खसी प्रसौनी–सोलकपुर सडकखण्डमा चरिरहेका बेला दुई जना मोटरसाइकल सवार व्यक्तिले उठाएर लगेका छन्।

सोनारले आफ्नै आँखाअगाडि खसी लिएर भागेकाहरूलाई समात्ने प्रयास गरे पनि सफल नभएको र मोटरसाइकल नम्बरसमेत टिप्न नसकेको बताएका छन्। स्थानीयले पशुचौपायाको निगरानी बढाउन र शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3