Menu

आजको मौसम

अख्तियारको उच्च उजुरी सूचीमा पर्सा–बाराका पाँच स्थानीय तह

Author
News Feed |
September 20, 2026
Featured

वीरगंज , असोज ४ –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार देशभर सबैभन्दा बढी उजुरी पर्ने १० स्थानीय तहमध्ये पर्सा र बाराका पाँच स्थानीय तह परेका छन्। आयोगले प्रतिवेदन असोज १ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको हो।

प्रतिवेदनअनुसार पर्साको छिपहरमाई गाउँपालिकाविरुद्ध अघिल्लो अवधिका ५२ सहित कुल २४८ उजुरी परेका छन्। वीरगंज महानगरपालिकाविरुद्ध अघिल्ला २५ सहित कुल १५२ उजुरी परेको छ।

बाराका जीतपुरसिमरा उपमहानगरपालिका, सुवर्ण गाउँपालिका र पचरौता नगरपालिका पनि उच्च उजुरी पर्ने १० स्थानीय तहमा परेका छन्। आयोगको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा जीतपुरसिमरासँग सम्बन्धित १३०, सुवर्णसँग १३३ र पचरौतासँग ९५ नयाँ उजुरी दर्ता भएका छन्।

देशभर स्थानीय तहसँग सम्बन्धित २० हजार २५ उजुरीमध्ये ७ हजार ३७० अर्थात् ३६.८ प्रतिशत उजुरी मधेस प्रदेशका स्थानीय तहसँग सम्बन्धित रहेका छन्।

अख्तियारमा उजुरी परेको मात्र आधारमा कुनै स्थानीय तह वा पदाधिकारी दोषी ठहर नहुने भएकाले उजुरीमाथिको अनुसन्धान र प्रमाणका आधारमा मात्रै वास्तविक अवस्था तय हुने आयोगको प्रक्रियाअनुसार देखिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3