Menu

आजको मौसम

ग्यास उद्योगीले अटेरी गरेको भन्दै ५८ उद्योगको लाइसेन्स खारेज गर्ने चेतावनी

Author
News Feed |
September 09, 2026

पर्सा , भदौ २४ –

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीहरूले कृत्रिम अभाव सिर्जना गरी सरकारलाई असहयोग गरेको भन्दै देशमा सञ्चालित सबै ५८ वटा ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने अवस्था आएको बताएकी छन्।

बुधबार संघीय संसद्अन्तर्गतको उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले पैसा तिरेर पनि उपभोक्ताले ग्यास नपाउनु लज्जाजनक भएको बताइन्। उनले काठमाडौंका लागि पठाइएका हजारौँ सिलिन्डर बजारमा नपुगी हराउने गरेको दाबी गर्दै उद्योगीहरूले सरकार र नेपाल आयल निगमलाई समेत अटेर गरेको आरोप लगाइन्।

यादवले संकटका बेला ५८ वटा उद्योगले दैनिक ३/३ हजार सिलिन्डर काठमाडौं पठाएको भए अहिलेको अवस्था नआउने बताइन्। निजी क्षेत्रमाथि मात्रै निर्भर हुँदा समस्या देखिएको भन्दै उनले नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन्।

हाल नेपालमा साल्ट ट्रेडिङको २० प्रतिशत हिस्सासहित ५८ वटा निजी ग्यास उद्योग सञ्चालनमा रहेको मन्त्री यादवले जानकारी दिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3