Menu

आजको मौसम

आज तीजको दर खाने दिन

Author
News Feed |
September 13, 2026
Featured

पर्सा , भदौ २८ –

यसवर्षको तीज पर्व आजदेखि सुरु भएको छ। आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ।

तीजको व्रतको पूर्वतयारीका रूपमा लिइने दरमा दूधबाट बनेका खिर, ढकनी, गुँदपाक तथा विभिन्न मिठाइ खाने चलन छ। दरले भोलि बस्ने व्रतका लागि शरीरलाई आडिलो बनाउने धार्मिक मान्यता रहेको छ।

दर खाने समय भने ठाउँअनुसार फरक रहेको छ। कतै बेलुका दर खाने चलन छ भने कतिपय ठाउँमा खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। पोषणविद्ले भने धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार धेरै खाँदा स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सचेत हुन सुझाव दिएका छन्।

भोलि हरितालिका तीज र पर्सि ऋषिपञ्चमी पर्व मनाइँदैछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3