Menu

आजको मौसम

रसुवा बाढीका बेवारिसे शवको डीएनए परीक्षण गर्न भारतबाट १८ विज्ञ आए

Author
News Feed |
August 30, 2026
Featured

वीरगंज , भदौ १४ –

रसुवा बाढीमा परी मृत्यु भएका तर पहिचान खुल्न नसकेका शवको डीएनए परीक्षणका लागि भारतबाट फरेन्सिक विशेषज्ञहरूको टोली नेपाल आएको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार भारतबाट १८ जना फरेन्सिक विज्ञ नेपाल आइपुगेका छन्। उनीहरूले पहिचान नखुलेका मृतकको शवबाट नमुना संकलन तथा डीएनए परीक्षण प्रक्रियामा आवश्यक प्राविधिक सहयोग गर्नेछन्।

बाढीमा ज्यान गुमाएका केही व्यक्तिको शव फेला परे पनि पहिचान खुल्न नसकेपछि शवको पहिचानका लागि डीएनए परीक्षण गर्न लागिएको हो।

यसैबीच, फेला परेका मृत शरीरको व्यवस्थापनका लागि आवश्यक एयरटाइट शव थैलीसमेत प्राप्त भएको सचिव राईले जानकारी दिएका छन्। थप शव थैली आपूर्ति हुने क्रममा रहेको उनले बताए।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा विभिन्न स्थानबाट शव फेला पर्ने क्रम अझै जारी छ। पहिचान नखुलेका शवको वैज्ञानिक विधिबाट पहिचान गरी परिवारसम्म जानकारी पुर्‍याउने प्रयास भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3