Menu

आजको मौसम

जगरनाथपुर गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५१ हजार सहयोग गर्ने

Author
crime news |
August 30, 2026
Featured

 ( ग्यासु मिया देवान )

बिरगंज / पर्सा । रसुवा, नुवाकोट लगायतका जिल्लामा आएको भीषण बाढी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति जगरनाथपुर गाउँपालिकाले दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

जगरनाथपुर गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले विपद् व्यवस्थापन कोषबाट ५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विपद्का कारण ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

त्यसैगरी गाउँपालिकाले निर्वाचित जनप्रतिनिधिहरूको एक महिनाको सुविधा बराबरको रकम आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। स्थायी कर्मचारीको हकमा नेपाल सरकारको निर्णयबमोजिम आर्थिक सहयोग गर्ने तथा गाउँपालिकामा कार्यरत करार कर्मचारीमध्ये अधिकृतस्तरको सुरु तलब स्केल बराबर ५ दिनको रकम र सहायक तथा श्रेणीविहीन कर्मचारीको ३ दिन बराबरको रकम कट्टा गरी सहयोग गर्ने निर्णयसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवद्वारा जारी प्रेस विज्ञप्तिमा विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै राहत तथा पुनर्निर्माण अभियानमा सबैलाई सहयोग गर्न आग्रह गरिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3