Menu

आजको मौसम

सशस्त्र प्रहरी बल पर्साद्वारा ठुलो मात्रामा प्रतिबन्धित लागु औषध चरेश बरामद

Author
Crime News |
April 17, 2025
Featured

 ग्यासु मिया देवान 

बिरगंज / सशस्त्र प्रहरी बल पर्साले ठुलो मात्रामा प्रतिबन्धित लागु औषध चरेस पक्राउ गरेको छ ।


सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश पोखरियाका सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा खटीएको सुरक्षा टोलीले बिशेष सुचनाको आधारमा ठुलो मात्रामा प्रतिबन्धित लागू औषध चरेस बरामद गरेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ । 


पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिका वडा न, ८ का मननपुर गाउँ स्थित बासँको झ्याङ्गमा २ वटा झोला भित्र लुकाई छिपाई राखेको  अवस्थामा २४ किलो ५०० ग्राम प्रतिबन्धित लागु औषध चरेश नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले यस क्राइम न्युजलाई बताएका हुन ।


बरामद भएको उक्त प्रतिबन्धित लागु औषध चौबीस किलो पाँच सय ग्राम चरेश आवस्यक कानुनी कार्यवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3