Menu

आजको मौसम

सदभाव बिथोल्नेमाथि अनुसन्धान गर्न ६ दिन समय थप

Author
Crime News |
April 16, 2025
Featured

वीरगंज, ३ वैशाख । हनुमान जयन्तीको दिन निकालिएको शोभायात्राको क्रममा धार्मिक सद्भाव भड्काएको आरोपमा पक्राउ परेका पाँच जनामाथि पर्सा जिल्ला अदालतले अनुसन्धाका लागि छ दिनको न्यायिक हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय, पर्सालाई अनुमति दिएको छ ।

सामाजिक सदभाव बिथोलेको आरोपमा प्रहरीले पक्राउ गरेका शेख खुर्सेद, सलाउदिन मियाँँ ठकुराई, रवि सरार्फ, बलजित सिंहलाई थप ६ दिन अनुसन्धानका लागि न्यायीक हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी गराएका छन् ।

बुधवार पर्सा जिल्ला अदालतले उनीहरूलाई हिरासतमा राख्न ६ दिनको म्याद थप गरेको उनले जानकारी गराए ।
यसैगरी पर्सा प्रहरीले बुधवार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शकिल मियाँँ रहेको प्रहरीले जनाएको छ । सिसिटिभि फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओ विश्लेषणको आधारमा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताएका छन् ।

पक्राउ परेको दुईजनालाई राज्य विरूद्धको कसुर सम्बन्धी मुद्दा र बाँकी दुर्ई जनालाई आपराधिक उपद्रो सम्बन्धी मुद्दा लगाइएको पर्सा प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3