Menu

आजको मौसम

ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

Author
Crime News |
April 18, 2025
Featured

वीरगंज, ५ वैशाख ।  जिल्ला प्रहरी कार्यालय, बाराले बाराको विभिन्न स्थानबाट ३६७ किलो गाँजा सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।
सूचनाको आधारमा बैशाख ४ गते राति ११ः४५ बजे इलाका प्रहरी कार्यालय सिमराले जीतपुर सिमरा उप–महानगरपालिका–३ बजनीमा  हेटौडाबाट वीरगंज जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रक चेक जाँच गर्दा लुकाई छिपाई राखिएको अवस्थामा १९ पोका करीब ३०५ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले ट्रक चालक जिल्ला मकवानपुर कैलास गा.पा.०४ बस्ने वर्ष ३२ को राजन लामा, ट्रकमा सवार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.३ बस्ने वर्ष ३३ को ईश्वर लोप्चन र ओसार पसारमा संलग्न जिल्ला मकवानपुर कैलास गा.पा.१० बस्ने वर्ष २७ को जीवन थोकर रहेको बारा प्रहरीले जनाएको छ ।
यसै गरी बैशाख ४ गते बिहान ईलाका प्रहरी कार्यालय प्रसौनीले प्रसौनी गा.पा. वडा नं.४ खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहलाई २ किलो १४० ग्राम गाँजासहित पक्राउ गरेको छ । पवनले आफनै घरबाट गाँजाको कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी आज बिहान २ः३० बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढले पचरौता न.पा. वडा नं. १ मुशहरीटोल स्थित मकैबारीबाट ६० किलो गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
टाउकोमा गाँजा बोकेर नेपालबाट भारत लगिरहेको अवस्थामा भारत बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने वर्ष २५ को राजबिहारी कुमारलाई पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी गराएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3