Menu

आजको मौसम

९७ किलो गाँजासहित दुईजना पक्राउ

Author
Crime News |
December 19, 2024
Featured

वीरगंज, ४ पुस ।  जिल्ला प्रहरी कार्यालय, बाराले ९७ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको जनाएको छ ।
 
बिहीवार २ः३० बजे इलाका प्रहरी कार्यालय अमलेखगंजका प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. २२ तीन नम्बर पुलनजीकै टावर डाँडाको बिरूवा खोलाको झाडीमा लुकाई छिपाई राखेको ९७ गाँजासहित दुईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजा भेटेपछि अनुसन्धान गर्दै जाँदा गाँजा ओसारपसारमा प्रयोग भएको बा.११ च. ७०१२ नम्बरको फोर्ड कारका चालक चितवन, राप्ती न.पा. वडा नं. २ गडौली टोल बस्ने वर्ष ३५ का बिष्णु लामा र भरतपुर म.न.पा. वडा नं. २४ सिद्धार्थ टोल बस्ने वर्ष ४६ को टेक बहादुर गुरूङलाई पक्राउ गरेको जिप्रका, बाराका निमित्त सूचना अधिकारी प्रहरी निरी बलराम श्रेष्ठले जानकारी गराएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3