Menu

आजको मौसम

जनकपुर बाेल्ट्सले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा भोलि सार्वजनिक बिदा

Author
Crime News |
December 22, 2024
Featured

काठमाडौं,६पुस:नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्टस्‌ले जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले भोलि(आइतबार )पालिकामा सार्वजनिक बिदा दिएको छ ।

जनकपुर बाेल्ट्सले एनपीएलमा ऐतिहासिक जित निकालेकाले आज बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाले सूचना जारी गरेको छ । आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्यचौकीमा अत्यावश्यकबाहेक सबैमा स्थानीय बिदा दिइएको गाँउपालिका अध्यक्ष यशवन्त यादवले सूचनामार्फत् जानकारी दिएका छन्।

टीयू क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्टस्‌ले पहिलो एनपीएल उपाधि जितेको हो । मंसिर १६ गतेदेखि भएको प्रतियोगितामा ८ फ्रेन्चाइज टिम सहभागी थिए ।

The post जनकपुर बाेल्ट्सले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा भोलि सार्वजनिक बिदा appeared first on Madhes Khabar.


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3