Menu

आजको मौसम

सिमान्तकृत समुदायको हक अधिकारका लागि बाराको फेटा १ मा संजाल गठन

Author
Crime News |
December 21, 2024
Featured

मधेसखबर
बाराको फेटा गाउँपालिका वडा नम्बर १ मा सिमान्तकृत तथा दलित समुदायका लागि संजाल गठन गरीएको छ ।

युएसएडको आर्थिक सहयोगमा द एसिया फाउण्डेशन मुख्य कार्यान्वयन कर्ता रहेको नागरिक समाज र सञ्चार कार्यक्रम अन्र्तगत सखी ः महिलाको साथी नामक संस्थाको सहकार्यमा फेटा गाउँपालिका वडा नं. १ मा संचालन भइरहेको स्थानिय शासन प्रणालीमा सिमान्कृत समुदायका लागि सशतिmकरण परियोजना अन्तर्गत फेटा गाउँपालिका वडा नं. १ का ६ वटा बस्तीहरुको सिमान्कृत तथा दलित समुदायका सदस्यहरुको उपस्थितीमा संजाल गठन गरिएको छ ।

कार्यक्रममा ४२ जनाको सहभागीता रहेका मध्येबाट ३० जनालाई संजालमा आवद्धता गराईएको हो । सखी संस्थाका कार्यक्रम संयोजक राजु कुमार साहले नागरिक अधिकार प्राप्तीको लागि दलित, अपाङ्गगता भएका ब्यतिm, महिला, सिमान्कृत र यौनिक अल्पसख्यक समुदायका सदस्यहरु र अन्य समुदायका सदस्यहरु बिच एकरुपता कायम गरी समबन्धित सरोकारवालाहरुसँग समन्वय गर्ने संजाल गठनको उदेश्य सँगै नेपालको शासन प्रणालीमा सुशासनको अवधारण, सुशासन सुदृढीकरणका अधारभुतहरु, सिमान्कृत समुदायको हालको अवस्था, बैठक ब्यबस्थापन र संजालका च्याम्पियनहरुले जिम्मेवारी र भुमिकाहरुबारेमा प्रस्तुतीकरणको माध्यमबाट छलफल भएको थियो ।

वडा अध्यक्ष बिगन दास तात्माको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सखीका कार्यक्रम अधिकृत राजेश प्रसाद कुश्वाहाले गरेका थिए । कार्यक्रममा सखी संस्थाकी कार्यकारी निर्देशक प्रिन्याका कुमारी कुश्वाहा , कार्यसमिति सदस्यहरु , विभिन्न संघसंस्थाका प्रतीनीधीहरु लगायतको उपस्थिती रहेको थियो ।

The post सिमान्तकृत समुदायको हक अधिकारका लागि बाराको फेटा १ मा संजाल गठन appeared first on Madhes Khabar.


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3