वीरगन्ज,१७मंसिर:वीरगन्जमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जना पुरुषको मृत्युु भएको छ।पावरहाउस चाेकबाट ड्राइपोर्ट जाने सडकखण्डमा पर्ने सिर्सिया पुलमा भएकाे मोटरसाईकल दुर्घटनामा ४० वर्षिय पुरुषको मृत्यु भएको हाे ।
आइतबार राति करिब सवाँ ९ बजे भएको दुर्घटनामा प्रदेश २ ०३ ००४ प ५६१४ नम्बरको मोटरसाईकलका चालक पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ९ का ४० वर्षिय जटाशंकर प्रसाद जयसवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक किशोर लम्सालका अनुसार मृतकको साथबाट भेटिएको परिचयपत्रको आधारमा मृतक जयसवाल नै रहेको भनिए पनि सनाखत हुन बाँकी छ ।
अनुसन्धानको क्रममा मोटसाईकललाई ट्रकले ठक्कर दिएको भन्ने आशंकामा दुई वटा भारतिय नम्बर प्लेटको ट्रक प्रहरीले नियन्त्रणमा लिएको लम्सालले बताए ।
The post वीरगन्जको सिर्सिया पुलमा भएको सवारी दुर्घटनामा एक जनाकाे मृत्यु appeared first on Madhes Khabar.