Menu

आजको मौसम

मधेसका मुख्यमन्त्री यादवलाई शतप्रतिशत विश्वासको मत

Author
Crime News |
June 13, 2023
Featured
फाइल फाेटाे

जनकपुरधाम,३०जेष्ठ : मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई शतप्रतिशत विश्वासको मत प्राप्त भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश सांदसहरूले समेत विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले शतप्रतिशत विश्वासको मत पाएका हुन्।

यसअघि एमाले मधेस सरकारबाट बाहिरिनुको साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो। एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले मुख्यमन्त्री यादवलाई डनको संज्ञा दिँदै विश्वासको मत दिएको बताए। राजनीतिक दबाबको कारण समर्थन फर्ता लिएको तर सरकारले काम गरिरहेकाले विश्वासको मत दिएको उनले बताए।

प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन्। त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्।

त्यस्तै तीन जना स्वतन्त्र सांसद छन्। मधेस प्रदेशका कूल १०७ सांसदमध्ये १०३ जना उपस्थित छन्। साभार:अन्नपूर्णपाेष्ट

The post मधेसका मुख्यमन्त्री यादवलाई शतप्रतिशत विश्वासको मत appeared first on Madhes Khabar.


साभारः मधेसखबर

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3