Menu

आजको मौसम

पर्साकाे देवरियाबाट ठुलाे परिमाणमा चरेस र गाँजा बरामद

Author
Crime News |
June 13, 2023
Featured
फाइल फाेटाे

वीरगन्ज ,३० जेष्ठ : पर्साकाे देवरियाबाट प्रहरीले ठूलो परिमाणमा लागुओैषध चरेस र गाँजा बरामद गरेकाे छ ।

पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ५ देवरियाबाट मंगलबार बिहान प्रहरीले चरेस २० केजी र गाँजा १२ केजी बरामद गरेकाे हाे ।

विशेष सुचनाकाे आधारमा प्रहरी चाैकी रंगपुरटाँडीबाट प्रहरी सहायक निरीक्षक माेहन नारायण यादवकाे नेतृत्वमा खटिएको प्रहरी टाेलीले मंगलबार बिहान ३ बजेकाे समयमा देवरियाबमट चरेस र गाँजा बरामद गरेकाे पर्साका प्रहरी उपरीक्षक काेमल शाहले जानकारी दिए ।

चरेस र गाँजा तस्करहरु भने प्रहरीकाे टाेलीलाई देख्नेबित्तिकै चरेस र गाजाँकाे पाेका फ्याँकेर फरार भएकाले उनिहरुलाई पक्राउ गर्न नसकिएको प्रहरी उपरीक्षक शाहले बताए ।

The post पर्साकाे देवरियाबाट ठुलाे परिमाणमा चरेस र गाँजा बरामद appeared first on Madhes Khabar.


साभारः मधेसखबर

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3