Menu

आजको मौसम

लखक सनसहत वरगनजक एक यवक हटडम पकरउ

Author
Crime News |
June 14, 2023
Featured

वीरगन्ज ,३१जेष्ठ : हेटाैडामा करिब ५४ लाख रुपैयाँ बराबरकाे अवैध सुन सहित वीरगन्जका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का २२वर्षिय किसन साह रहेका छन् ।उनकाे साथबाट ५६१.३० ग्राम सुन बरामद भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । बरामद सुनकाे बजार मूल्य ५४ लाख ४८ हजार रुपैयाँ रहेकाे मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

कार्कीका अनुसार, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ राताेमाटेमा प्रदेश २-०३-००१ख०१५९ नम्बरको यात्रुवाहक बसमा सवार रहेका साहकाे शरीर खानतलासी गर्दा उनले लगाएकाे जुत्ताभित्रबाट उक्त परिणामकाे सुन बरामद भएकाे ।

सुनसहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

The post ५४ लाखकाे सुनसहित वीरगन्जका एक युवक हेटाैडामा पक्राउ appeared first on Madhes Khabar.


साभारः मधेसखबर

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3