Menu

आजको मौसम

परसक समजक अभयनत थर नशनल ससल वलफयर अवरड बट सममनत

Author
Crime News |
June 14, 2023
Featured

वीरगन्ज ,३१जेष्ठ :पर्साका सामाजिक अभियन्ता प्रकाश थारु ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२२ ’ को अवार्डबाट सम्मानित भएका छन् ।

सामाजिक कार्यमा जुटेर मानवसेवामा सक्रिय रहदै आएका थारुलाई नेशनल सोसल वेल्फेयर अवार्डबाट सम्मानित गरिएको हो ।

मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच थारुलाई सङ्घीय सरकारका मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सम्मान पत्र र अवार्ड प्रदान गर्दै सम्मानित गरेका हुन् । उक्त कार्यक्रममा थारुसँगै सामाजिक कार्य गर्ने ७ प्रदेशबाट अन्य १३ जनालाई पनि सम्मानित गरिएको थियो ।

 

पर्साको पटेर्वासुगौली गाउँपालिका निवासी थारु थारु लामो समयदेखि सामाजिक कार्यमा सक्रिय छन् । नेशनल ट्रेडीङको जागिरबाट अवकास पाएदेखि थारु स्वतन्त्र र विभिन्न सङ्घसंस्थासँग आबद्ध भएर समाजिक कार्य गर्दै आएका छन् । मधेस तथा सामाजिक र राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा घाइते र ज्यान गुमाएका शहिदहरुको परिवारलाई सहयोग गर्नेदेखि सडकमा असहाय जीवन बिताइरहेका व्यक्तिलाई मानवसेवा आश्रमसँग मिलेर उद्धार गर्ने कार्यमा थारु सकृय रहदै आएका छन् ।

उनले पर्सा, बारासहित मधेस प्रदेश र अन्य जिल्लासमेतमा पुगेर सहयोगको अपेक्षामा रहेकाहरुलाई साहयता पुर्‍याउँदै आएका छन् । देश विदेशमा रहेका दाताहरुबाट सहयोग जुटाएर थारुले गरिवहरुको उपचारदेखि उनीहरुको छोरीको विवाहमा समेत सहयोग गर्ने गरेका छन् । थारुको सक्रियातालाई कदर गर्दै अन्य सङ्घसंस्थाहरुले पनि उनलाई सम्मानित गर्दै आएका छन् ।

The post पर्साका सामाजिक अभियन्ता थारु ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२२ ’ बाट सम्मानित appeared first on Madhes Khabar.


साभारः मधेसखबर

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3