Menu

आजको मौसम

नागरिकता विहिन एक युवकद्धारा जीउमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास

Author
Crime News |
June 13, 2023
Featured

काठमाडौं,३० जेष्ठ : काठमाडौंको माइतीघर मण्डलामा नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरिरहेका एक युवकले आत्मदाहको प्रयास गरेका छन्। मंगलबार नागरिकता विहिन संघर्ष समितिका उपाध्यक्ष निरज कामतले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरे पनि सर्वोच्च अदालतले कार्यान्वय नगर्न आदेश दिएको थियो। त्यसलगत्तै संघर्ष समितिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएको छ।

संघर्ष समितिमा अध्यक्ष इन्द्रजीत साफीले उपाध्यक्षसमेत रहेका निरजले एक्कासि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको बताए। उनले कुनै पू्र्वयोजना नरहेको समेत स्पष्ट पारे। ’हाम्रो पूर्वयोजना होइन। बिलकुल होइन। उहाँले प्रदर्शनकै क्रममा एक्कासि त्यस्तो प्रयास गर्नुभयो,’ उनले भने।

लामो समयदेखि नागरिकता नपाएका मोरङ कटारीका २५ वर्षीय निरजले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता सिताराम रिजालले बताए। उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको छ।

निरजका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन् ।

The post नागरिकता विहिन एक युवकद्धारा जीउमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास appeared first on Madhes Khabar.


साभारः मधेसखबर

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3