Menu

आजको मौसम

मधेस प्रदेशमा नेकपाका चार मन्त्रीले दिए सामूहिक राजीनामा

Author
News Feed |
November 07, 2026
Featured

जनकपुरधाम , कार्तिक २१ —

मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले राजनीतिक निकासका लागि भन्दै शुक्रबार साझा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो रहेका छन्।

चारै मन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा राजनीतिक निकासका लागि पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उनीहरूले मुख्यमन्त्रीले हालसम्म गरेको सहयोगप्रति धन्यवादसमेत दिएका छन्।

यसैबीच, मधेस प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र नेकपाबीच मिलेर सरकार गठन गर्ने सहमति भएको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3