Menu

आजको मौसम

पर्सा र बाराका ६ जनासहित रुपन्देहीमा एक महिलासहित ७ जना नियन्त्रणमा

Author
News Feed |
November 08, 2026
Featured

पर्सा , कार्तिक २२ –

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा एक महिलासहित सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ का २८ वर्षीय अनु कुमार नट, ३४ वर्षीय सुमन सिंह र ७० वर्षीय अनिल राय, बाराको बारागढी गाउँपालिका–३ का १९ वर्षीय सरोज कुमार पासवान, पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३६ वर्षीय विजय राय नट र पकहाँ मैनपुर गाउँपालिका–५ का ३९ वर्षीय रामबाबु राय रहेका छन्।

त्यस्तै, गुल्मीको इस्मा गाउँपालिका–१ की ३४ वर्षीया मीना कुमारी कुमाल पनि पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3