Menu

आजको मौसम

बाराको प्रस्टोकासहित विभिन्न स्थानमा कौडा जुवा सञ्चालन भइरहेको स्थानीयको दाबी

Author
News Feed |
November 09, 2026
Featured

पर्सा , कार्तिक २३ –

बाराको प्रस्टोकामा ठूलो स्तरमा कौडा जुवा सञ्चालन भइरहेको स्थानीय स्रोतले दाबी गरेको छ। प्रहरीको निगरानी र सम्भावित कारबाहीबाट बच्न जुवा सञ्चालनमा संलग्न समूहले स्थान परिवर्तन गर्दै गतिविधि जारी राखेको स्रोतको भनाइ छ।

स्रोतका अनुसार प्रस्टोकाका काश्मिरी साहले दिनमा तीनदेखि चार पटकसम्म स्थान परिवर्तन गरी विभिन्न ठाउँमा कौडा खेलाउने गरेका छन्। प्रहरीको निगरानीबाट बच्न खेल सञ्चालन गर्ने स्थान गोप्य राख्ने र पटक–पटक परिवर्तन गर्ने गरिएको दाबी गरिएको छ।

प्रहरी प्रमुखको सरुवाको हल्लासँगै कात्तिक २० गतेदेखि जुवा बन्द गर्ने विषयमा संलग्न व्यक्तिहरूबीच छलफल भएको बताइएको छ। तर, प्रहरीबाट सहज वातावरण नपाएको भन्दै जुवा सञ्चालनमा संलग्न केही व्यक्ति असन्तुष्ट बनेको स्रोतको दाबी छ।

यस्तै, कलैया उपमहानगरपालिकाको बरेवा र वडा नम्बर १ लगायतका क्षेत्रमा पनि कौडा जुवा सञ्चालन भइरहेको स्थानीय स्रोतले जनाएको छ। कलैयास्थित एक रेस्टुरेन्टमा समेत गोप्य रूपमा जुवा खेलाउने गरिएको दाबी गरिएको छ।

स्थानीय स्रोतका अनुसार लक्ष्मीपूजादेखि छठ पर्वसम्म जुवा खेल्ने र खेलाउनेहरूको सक्रियता बढ्ने गरेको छ। विभिन्न स्थानमा जुवा सञ्चालन भइरहेको सूचना सार्वजनिक भइरहँदा प्रहरीको निगरानी र कारबाही प्रभावकारितामाथि प्रश्न उठेको छ। यद्यपि, यी आरोपबारे प्रहरीको आधिकारिक धारणा प्राप्त हुन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3