Menu

आजको मौसम

डुमरवानामा ३० वर्षीय युवकको शव कुलोमा फेला

Author
News Feed |
November 07, 2026
Featured

बारा , कार्तिक २१ —

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय वीरेन्द्र माझी रहेका छन्। शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीयले कुलोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार माझी ट्र्याक्टर चालकका रूपमा काम गर्दै आएका थिए। पारिवारिक स्रोतका अनुसार उनी शुक्रबार साँझ घरबाट निस्किएका थिए।

प्रहरीका अनुसार घटनास्थलमा नयाँ कपडासहितको झोला पनि फेला परेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घटनापछि मृतककी श्रीमती सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति र मृत्युको कारण खुल्न बाँकी रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3