Menu

आजको मौसम

नारायणी अस्पतालमा जटिल अवस्थाको शिशुको जन्म

Author
News Feed |
November 10, 2026
Featured

वीरगंज, कार्तिक २४ –

वीरगंजस्थित नारायणी अस्पतालमा जन्मिएको एक नवजात शिशुको पेटबाहिरै आन्द्रा निस्किएको जटिल समस्या देखिएपछि थप उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा रेफर गरिएको छ।

नारायणी अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाराको इटियाही–५ निवासी २० वर्षीया महिलाले गत कात्तिक २२ गते राति शल्यक्रियामार्फत करिब ३ केजी तौल भएको छोरालाई जन्म दिएकी थिइन्।

जन्मिएलगत्तै स्वास्थ्य परीक्षण गर्दा शिशुमा जन्मजात देखिने ‘ग्यास्ट्रोस्काइसिस’ (Gastroschisis) नामक समस्या पुष्टि भएको अस्पतालले जनाएको छ। यो समस्यामा शिशुको आन्द्रा पेटको भित्ताबाहिर निस्किएको हुन्छ।

उक्त समस्याको उपचारका लागि विशेष नवजात शिशु सघन उपचार कक्ष (NICU) तथा बाल शल्यचिकित्साको आवश्यकता पर्ने भएकाले नारायणी अस्पतालमा उपचार सम्भव नभएको विज्ञप्तिमा उल्लेख छ।

अस्पतालका अनुसार शिशुको प्राथमिक उपचार तथा स्वास्थ्य अवस्था स्थिर बनाएपछि थप जटिल उपचारका लागि कात्तिक २३ गते दिउँसो १ बजे काठमाडौंस्थित कान्ति बाल अस्पतालमा रेफर गरिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3