Menu

आजको मौसम

३१ ग्रामभन्दा बढी खैरो हेरोइनसहित सिरहाबाट दुई जना पक्राउ

Author
News Feed |
November 22, 2026
Featured

सिरहा , मङ्सिर ६ –

सिरहाको मिर्चैया नगरपालिका–६ स्थित कटारी जाने चोकबाट ३१.४३० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले शनिबार मोटरसाइकलमा सवार दुई जनालाई शंकाका आधारमा जाँच गर्दा उनीहरूको साथबाट खैरो हेरोइन फेला पारेको हो।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–५ का २४ वर्षीय दिलीपकुमार सिंह र २८ वर्षीय रञ्जितकुमार सिंह रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ३१.४३० ग्राम खैरो हेरोइन, मधेश प्रदेश ०१–००५ प ९१२४ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहामा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3