Menu

आजको मौसम

खाद्य गुणस्तरमा लापरबाही : कलैयाको सुदामा स्विट्सलाई २ लाख जरिवाना

Author
News Feed |
November 28, 2026
Featured

कलैया, १२ मंसिर –

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै अखाद्य मिठाई उत्पादन गरेको पाइएपछि बाराको कलैया उपमहानगरपालिका–१ स्थित सुदामा स्विट्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।

शुक्रबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा उक्त मिठाई उद्योगमा खान अयोग्य मिठाई, प्रतिबन्धित ‘हाइड्रो’ प्रयोग तथा सरसफाइमा गम्भीर लापरबाही भेटिएको हो।

जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सुशील यादवको नेतृत्वमा खटिएको टोलीले उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) अनुसार जरिवाना गरेको हो। साथै सञ्चालकलाई आवश्यक कागजातसहित सात दिनभित्र प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यसैगरी, सोही क्षेत्रको सिद्धार्थ स्विट्समा अनुगमन गर्दा नापतौलका काँटाको अनुमतिपत्र नभेटिएपछि तीन दिनभित्र आवश्यक कागजात गुणस्तर तथा नापतौल कार्यालय वीरगंजमा पेस गर्न निर्देशन दिइएको छ।

वाणिज्य, घरेलु तथा साना उद्योग, खाद्य प्रविधि, नापतौल र प्रहरीको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा व्यवसायीलाई खाद्यवस्तुको गुणस्तर र सरसफाइमा विशेष ध्यान दिन सचेत गराएको छ। टोलीले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3