Menu

आजको मौसम

वाग्मतीका पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

Author
News Feed |
November 22, 2026
Featured

काठमाडौं , मङ्सिर ६ –

नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरी अनुसन्धान गर्न गत साता अनुमति लिएको हो।

सीआईबी स्रोतका अनुसार बानियाँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति लिइएको हो। पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि बानियाँ फरार रहेको जनाइएको छ। उनी २०८२ साउनदेखि २०८३ भदौसम्म वाग्मती प्रदेशको मुख्यमन्त्री बनेका थिए।

यसअघि सीआईबीले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई समेत पक्राउ गर्न अनुमति लिएको थियो। अर्याल पनि हाल फरार रहेको जनाइएको छ।

नेपालबाट मलेसिया जाने श्रमिकबाट कानुनविपरीत रकम असुली गरेको आरोपमा सीआईबीले पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित ६ जनालाई पक्राउ गरेको थियो।

सीआईबीको अनुसन्धानअनुसार उनीहरूले कानुनविपरीत नीतिगत निर्णयमार्फत १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन गरेको खुलेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3