पर्सा , कार्तिक २३ –
भारतको मध्य प्रदेशस्थित कटनीमा लक्ष्मीपूजाको राति एक भवनमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ।
आइतबार राति भएको आगलागीमा परी दुई जना ७० वर्षीय पुरुष, एक महिला र तीन बालबालिकाको मृत्यु भएको हो।
कटनीका एसडीओपी वीरेन्द्र नार्वेले समाचार एजेन्सी
एएनआईलाई दिएको जानकारीअनुसार भवनको भुइँतल्लामा प्लास्टिक उद्योग सञ्चालनमा थियो भने परिवार माथिल्लो तलामा बस्दै आएको थियो।
उनका अनुसार आगलागीको कारण अझै खुल्न सकेको छैन। प्रारम्भिक रूपमा विद्युतीय बत्ती वा सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने आशंका गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
साभार:
घण्टाघर टिभी