Menu

आजको मौसम

पर्सागढीमा ४० लाखको लगानीमा स्केटिङ पार्क सञ्चालन

Author
News Feed |
November 07, 2026
Featured

पर्सा , कार्तिक २१ —

पर्साको पर्सागढी नगरपालिका–३ बडनिहार बजारमा ४० लाख रुपैयाँको लगानीमा स्केटिङ पार्क सञ्चालनमा आएको छ।

स्थानीय व्यवसायी दीपक मानन्धरले सञ्चालनमा ल्याएको पार्कको नेपाली कांग्रेसका युवा नेता सुरज मानन्धरले उद्घाटन गरेका हुन्।

पार्क सञ्चालनमा आएपछि स्थानीय पर्यटन प्रवर्द्धनका साथै बालबालिकालाई खेलकुदतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। बालबालिकालाई फुर्सदको समय सदुपयोग गराउँदै कुलत तथा दुर्व्यसनबाट टाढा राख्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याइएको युवा नेता मानन्धरले बताए।

पार्कमा प्रतिघण्टा २०० रुपैयाँ शुल्क तिरेर एक घण्टा स्केटिङ गर्न सकिने व्यवस्था गरिएको छ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, समाजसेवी, भद्रभलादमी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3