Menu

आजको मौसम

सरकारको कार्यशैलीप्रति कांग्रेसले सशक्त खबरदारी गर्नुपर्छ : डा. पराजुली

Author
News Feed |
November 27, 2026
Featured

पर्सा , मंसिर ११ –

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शोभाकर पराजुलीले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले राष्ट्रिय दायित्व निर्वाह गर्ने गरी सशक्त भूमिका खेल्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा आफ्नो धारणा राख्दै उनले लोकतन्त्रको रक्षा, शक्ति केन्द्रीकरणविरुद्ध खबरदारी र सुशासनका सवालमा पार्टी गम्भीर हुनुपर्ने बताएका हुन्।

उनले वर्तमान सरकार र संसद दुवैले लोकतन्त्रको असल अभ्यास गर्न नसकेको टिप्पणी गर्दै सरकार, संसद तथा राज्यका अन्य संरचनालाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्न कांग्रेसले दबाब सिर्जना गर्नुपर्ने धारणा राखेका छन्। संविधानको मर्मअनुसार शक्ति सन्तुलन, संसदको भूमिका, सरकारको कार्यशैली, अदालतको विश्वसनीयता तथा संवैधानिक अंगहरूमा राजनीतिक प्रभावबारे कांग्रेसले निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने उनको भनाइ छ।

निगरानी र खबरदारी गर्नुपर्ने उनको भनाइ छ।
डा. पराजुलीले कांग्रेसले तत्काल छाया सरकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण तथा नयाँ पुस्तालाई लोकतन्त्रबारे शिक्षा दिनुपर्ने विषयमा जोड दिएका छन्। साथै सरकारका नीति, निर्णय र आदेश सुशासनमैत्री छन् कि छैनन् भन्ने विषयमा पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। जेनजी विद्रोहपछिको जनभावना, राष्ट्रियता, कूटनीति तथा प्रधानमन्त्रीको भारत भ्रमणलाई पनि कांग्रेसले प्राथमिकताका साथ उठाउनुपर्ने उनको सुझाव छ।

त्यसैगरी उनले सरकारका विभिन्न विवादित निर्णय र प्रकरणमाथि प्रश्न उठाउँदै सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने निर्णय, प्रधानमन्त्री कार्यालयमा कर्मचारीमाथि धरपकड, ई–पासपोर्ट छपाइ ठेक्कामा हस्तक्षेप, राजनीतिक नियुक्ति, प्रहरी संगठनमा हस्तक्षेप तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासजस्ता विषयमा कांग्रेसले संवैधानिक र कानुनी दृष्टिकोणबाट समीक्षा गर्नुपर्ने बताएका छन्।

उनले सरकारको अनुभवहीन कार्यशैली र आन्तरिक संवादको अभावले छिमेकी मुलुकहरूको रणनीतिमा समेत प्रभाव पर्न सक्ने भन्दै संवेदनशील अवस्थामा कांग्रेसले परिपक्व राजनीतिक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन्। कमजोर कूटनीतिका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभाव कमजोर हुँदै गएको उल्लेख गर्दै जलवायु न्याय, राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय स्वीकार्यता स्थापित गर्न कूटनीतिक अभ्यासमा सुधार आवश्यक रहेको उनको भनाइ छ।

प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको राष्ट्रिय गरिमा बढाउन नसकेको टिप्पणी गर्दै उनले भ्रमणले नेपालको स्वाभिमान र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको बताएका छन्।

अन्त्यमा डा. पराजुलीले कांग्रेसले प्रतिक्रियात्मक तथा फुटकर गतिविधिमा मात्र सीमित नभई संविधानको रक्षक, लोकतन्त्रको संवाहक र सुशासनको पहरेदारका रूपमा सरकार, संसद र राज्यका सबै निकायलाई लोकतान्त्रिक मार्गमा अघि बढाउन सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3