पर्सा , कार्तिक २३ –
चीनमा जारी यू–१९ महिला बेल्ट एन्ड रोड शृङ्खलाको उपाधि नेपालले जितेको छ।
नेपाल र हङकङबीच आज हुने भनिएको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपालले उपाधि हात पारेको हो।
चार टोली सहभागी प्रतियोगितामा नेपालले लगातार चार खेल जित्दै उपाधि आफ्नो नाममा गरेको हो। नेपालले थाइल्यान्ड र चीनलाई दुई–दुई पटक तथा हङकङलाई एक पटक पराजित गरेको थियो।
चीनमा नेपाली टोलीले गरेको प्रदर्शन आगामी सन् २०२७ मा आयोजना हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ। उक्त विश्वकप जनवरी १२ देखि फेब्रुअरी ८ सम्म सञ्चालन हुनेछ।
साभार:
घण्टाघर टिभी