हेटौँडा, मंसिर ९ –
१९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा हेटौँडा अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ घर भई हाल हेटौँडा–९ पशुपतिनगर नजिक डेरामा बस्दै आएका ३१ वर्षीय प्रियम यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एक प्रहरी अधिकारीका अनुसार किशोरीले मंसिर ६ गते साँझ ७ः५५ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएपछि यादवलाई सोही राति हेटौँडा अस्पतालबाट पक्राउ गरिएको हो।
यादवलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साभार:
घण्टाघर टिभी