Menu

आजको मौसम

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

Author
News Feed |
November 09, 2026
Featured

नुवाकोट , कार्तिक २३ –

नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा तीन जनाको मृत्यु भएको छ।

सोमबार बिहान करिब ११ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल नुवाकोटको विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका तीनै जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा पुगेर प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3