Menu

आजको मौसम

दिल्लीमा वायु प्रदूषण बढेपछि नियन्त्रणका कडा उपाय लागू

Author
News Feed |
November 07, 2026
Featured

पर्सा , कार्तिक २१ –

भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर बढ्दै गएपछि सङ्घीय सरकारले नियन्त्रणका लागि कडा प्रतिबन्ध लागू गरेको छ। वायु गुणस्तर निरन्तर खस्किएपछि बसेको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ (ग्राप) को तेस्रो चरण कार्यान्वयन गर्ने निर्णय गरेको हो।

राजधानी तथा आसपासका क्षेत्रको वायु गुणस्तर व्यवस्थापनका लागि गठित आयोगका अनुसार, हिजो दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३८२ पुगेको थियो। यो सूचकाङ्क अत्यन्त खराब श्रेणीमा पर्ने भएकाले आयोगले सम्बन्धित निकायलाई प्रदूषण नियन्त्रणका उपाय कडाइका साथ लागू गर्न निर्देशन दिएको छ।

तेस्रो चरणअन्तर्गत अत्यावश्यकबाहेकका निर्माण तथा भत्काउने काममा रोक लगाइएको छ। उत्खनन, माटो पुर्ने, बोरिङ, ड्रिलिङ, इँटा लगाउने, सडक निर्माण र ठूला मर्मतसम्भारका कामसमेत प्रतिबन्धित भएका छन्। त्यस्तै, बीएस–३ मापदण्डका पेट्रोल र बीएस–४ मापदण्डका डिजेलबाट चल्ने चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ।

यसैबीच, स्वास्थ्य विज्ञहरूले स्थानीय बासिन्दालाई बिहान सबेरै र सूर्यास्तपछि बाहिर ननिस्कन तथा लामो समयसम्म शारीरिक श्रम गर्नुपर्ने गतिविधिबाट टाढा रहन सुझाव दिएका छन्। दिल्ली विश्वकै उच्च वायु प्रदूषण हुने सहरमध्ये एकका रूपमा चिनिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3