Menu

आजको मौसम

बालेनको भारत भ्रमण औपचारिकतामा सीमित नहोस्, राष्ट्रिय मुद्दामा अडान राख्नुपर्छ : चौरसिया

Author
News Feed |
November 22, 2026
Featured

वीरगंज , मङ्सिर ६ –

नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिका सभापति विवेक चौरसियाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण नेपाल र नेपालीको हितमा केन्द्रित हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहको औपचारिक भारत भ्रमण सफलताको शुभकामना दिँदै चौरसियाले भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका विषयमा स्पष्ट अडान राख्नुपर्ने बताए।

उनले विशेषगरी नेपालको चुच्चे नक्सा, लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको विषयलाई भारतसँगको छलफलमा जोडदार रूपमा उठाउनुपर्ने धारणा राखे। साथै, दुई देशबीचको व्यापार, भारतमा बसोबास गर्ने नेपालीका समस्या तथा नेपालको समग्र हितका विषयमा पनि प्रधानमन्त्रीले गम्भीरतापूर्वक छलफल गर्नुपर्ने उनको भनाइ छ।

भारतमा बसेर विरोध गर्नुभन्दा पनि प्रधानमन्त्रीले भ्रमणका क्रममा कुन–कुन विषयमा अडान राख्छन् र कस्ता सम्झौता गर्छन् भन्ने कुरा महत्वपूर्ण रहेको चौरसियाले बताए।

२०७९ सालको स्थानीय तह निर्वाचनमा बिन्दबासिनी गाउँपालिका अध्यक्षका प्रत्याशीसमेत रहेका चौरसियाले प्रधानमन्त्रीको भारत भ्रमण विगतका भ्रमणजस्तै औपचारिकतामा मात्रै सीमित हुन नहुने बताए। प्रधानमन्त्रीले आफ्ना प्रतिबद्धता र अडानलाई वार्ता तथा सम्झौतामा पनि दृढतापूर्वक प्रस्तुत गर्ने अपेक्षा गर्दै उनले भ्रमण फलदायी होस् भन्ने शुभकामना व्यक्त गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3