Menu

आजको मौसम

नेशनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकद्वारा सामूहिक राजीनामा

Author
News Feed |
November 23, 2026
Featured

काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा आवासीय तालिमरत प्रथम वर्षका चिकित्सकहरूले आफ्नो पदबाट सामूहिक राजीनामा दिएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयलाई सम्बोधन गरी पेस गरिएको निवेदनमार्फत उनीहरूले सुरक्षित, सम्मानजनक र निष्पक्ष वातावरणमा तालिम निरन्तरता दिन सम्भव नभएकाले अन्य विकल्प नदेखेर राजीनामा दिन बाध्य भएको जनाएका छन्।

चिकित्सकहरूले कलेजका कार्य तथा अभ्यासविरुद्ध गत भदौ ३१ देखि शान्तिपूर्ण पेन डाउन आन्दोलन सुरु गरेका थिए । विगत दुई महिनामा शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीन कार्यालय र कलेज प्रशासनसँग पटक पटक बैठक बसेर आरोपका प्रमाण पेस गरिए पनि सरोकारवाला निकायले समस्या समाधान गर्न नसकेको तथा समाधान हुने झुटो आश्वासनमा मात्र राखिएकाले समस्या गम्भीर सङ्कटमा परिणत भएको निवेदनमा उल्लेख छ ।
उक्त राजीनामाको बोधार्थ चिकित्सा शिक्षा आयोग, आईओएमको डीन कार्यालय र नेशनल मेडिकल कलेज प्रशासनलाई समेत दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3