काठमाडौं , मंसिर ६ –
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।
त्यस अवसरमा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावर तथा भारतीय विदेश मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।
साभार:
घण्टाघर टिभी