Menu

आजको मौसम

आज एकैदिन कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै

Author
News Feed |
November 08, 2026
Featured

पर्सा , कार्तिक २२ –

तिहारको तेस्रो दिन आज देशभर घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ। यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तेस्रो दिन बिहान परेको छ। आज साँझ घरआँगन सफा गरी दीप प्रज्वलन गरेर लक्ष्मीको स्वागत तथा पूजा आराधना गरिन्छ। कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ।

लक्ष्मीको बास सफा र सुन्दर घरमा हुने धार्मिक विश्वासअनुसार बिहानैदेखि घरका झ्याल, ढोका, आँगन तथा पूजा कोठा सफा गरी फूलमालाले सजाइएको छ। साँझ घरको आँगनदेखि पूजा कोठासम्म लक्ष्मीको पाइला बनाएर दियो तथा बत्ती बाल्ने परम्परा छ।

आज दिनभर उपवास बसेर साँझ स्नान गरी धनलक्ष्मी, विद्यालक्ष्मी र ऐश्वर्यलक्ष्मीलगायतको विधिपूर्वक पूजा गरिन्छ। पूजामा कलश, धूप, दीप, फूल, अक्षता, फलफूल, मिठाई, धान, चामल, गरगहना तथा नयाँ नोट चढाउने चलन छ। पूजा सम्पन्न भएपछि परिवारका सदस्यले प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3