Menu

आजको मौसम

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर रायमाझी रिहा हुँदै

Author
News Feed |
November 10, 2026
Featured

वीरगंज, कार्तिक २४ –

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार कारागारमुक्त हुने भएका छन्। चार वर्षको कैद सजाय भुक्तान तथा ज्येष्ठ नागरिकका रूपमा पाउने कैद छुटका कारण उनी रिहा हुन लागेका हुन्।

कारागार कार्यालय डिल्लीबजारका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को प्रावधानअनुसार ६५ देखि ७० वर्ष उमेर समूहका व्यक्तिले कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार काठमाडौं जिल्ला अदालतले छुट दिन आदेश दिएपछि रायमाझीको रिहाइ प्रक्रिया अघि बढेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा चार वर्ष कैद सजाय पाएका रायमाझी २०८० साल वैशाखदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका छन्।

डिल्लीबजार कारागारका जेलर विक्रम पाण्डेका अनुसार अदालतको आदेशअनुसार उनलाई कात्तिक २६ गते बिहीबार रिहा गरिनेछ। सरकारले दुई महिनाअघि कारागार नियमावली संशोधन गरी ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार कैद छुट दिने व्यवस्था समेटेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3