Menu

आजको मौसम

जनकपुर-अयोध्या रेलमा यात्रा गर्न वैद्य परिचयपत्र अनिवार्य

Author
News Feed |
November 27, 2026
Featured

जनकपुरधाम । जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेसमा यात्रा गर्ने यात्रुका लागि विभिन्न नियम सार्वजनिक गरिएको छ।

भारतीय रेल्वेको लोगो राखेर सार्वजनिक गरिएको सूचनात्मक पोस्टरअनुसार उक्त रेलमा यात्रा गर्न यात्रुले वैध परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ। आरक्षण चार्टमा समेत परिचयपत्रको विवरण उल्लेख गरिने जनाइएको छ।

भारतीय रेल्वेले जनाए अनुसार रेलमा यात्रा गर्दा प्रत्येक यात्रुले बढीमा दुईवटा सामान मात्र लैजान पाउनेछन्। सामानको तौल भने यात्रुले यात्रा गर्ने श्रेणीअनुसार फरक हुनेछ।

प्रथम वातानुकूलित (एसी फर्स्ट) श्रेणीमा ७० किलोग्राम, द्वितीय वातानुकूलित (एसी टु टियर) मा ५० किलोग्राम तथा तृतीय वातानुकूलित (एसी थ्री टियर) र शयनयान (स्लिपर) श्रेणीमा ४०–४० किलोग्रामसम्म सामान लैजान पाउने उल्लेख छ।

त्यस्तै, रेलमा पार्सल तथा व्यावसायिक मालसामान बुकिङ गर्ने सुविधा उपलब्ध नहुने पोस्टरमा जनाइएको छ।

टिकटसम्बन्धी व्यवस्थाअनुसार रेल्वे पास, विधायक कुपन तथा वारेन्टबाट यात्रा गर्न नपाइने उल्लेख छ। टिकटमा नाम वा बोर्डिङ स्टेशन परिवर्तन, टिकट संशोधन, वेबमार्फत टिकट रद्द तथा टिकट हराएमा डुप्लिकेट टिकट जारी गर्ने सुविधा पनि उपलब्ध नहुने जनाइएको छ।

यद्यपि, सामूहिक टिकट बुकिङको सुविधा उपलब्ध रहने भारतीय रेल्वेको नियममा उल्लेख छ। सर्कुलर जर्नी, क्लस्टर बुकिङ र बीपीटीको सुविधा भने उपलब्ध नहुने जनाइएको छ।

जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेल सेवाले थप मजबुत बनाउने अपेक्षा गरिएको छ। विशेषगरी जनकपुरधामबाट अयोध्या राममन्दिर दर्शन गर्न जाने नेपाली तीर्थयात्रीका लागि यो सेवा महत्वपूर्ण मानिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3