Menu

आजको मौसम

प्रधानमन्त्री बालेनले आज मोदीसँग भेटवार्ता गर्दै : यस्तो छ कार्यतालिका

Author
News Feed |
November 23, 2026
Featured

काठमाडौं, ७ मंसिर –

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज (सोमबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।

भ्रमणको दोस्रो तथा अन्तिम दिन प्रधानमन्त्री शाहले भारतीय समयअनुसार बिहान ११ बजे नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यसअघि बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १० बजेर ४० मिनेटमा उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाह र मोदीले दिल्लीबाटै तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत छ। त्यसपछि दिउँसो १२ बजेर २५ मिनेटमा दुई देशबीच समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गरिनेछ।

त्यसैगरी, प्रधानमन्त्री शाहले दिउँसो ३ बजेर १५ मिनेटमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्नेछन्।

भ्रमणको पहिलो दिन आइतबार साँझ भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँ दिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारतबीचको सम्पर्क सञ्जाल, व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा तथा जनस्तरको सम्बन्धलगायत विषयमा सहकार्य विस्तारबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

भ्रमणका सबै कार्यक्रम पूरा गरी प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलसहित आजै अपराह्न ४ बजेर ५० मिनेटमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3