Menu

आजको मौसम

लागुऔषध दुर्व्यसनविरुद्ध विद्यालयमा सचेतनामूलक कार्यक्रम

Author
News Feed |
November 27, 2026
Featured

रौतहट। गौर नगरपालिका–५ स्थित आईबीए विद्यालयमा आज लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘Drug Abuse Prevention Campaign’ तथा ‘Healthy Mission, Healthy Life’ नारासहित विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा अतिथिका रूपमा निलु झा, प्रशिक्षक एनबी कुशवाहा, कार्यक्रम संयोजक शैलेन्द्र यादव, जेएनजी अभियन्ता सुबोध पासवान, सन्दीप जयसवाल, कुनाल सिंह, भवन गिरिलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रशिक्षक एनबी कुशवाहाले लागुऔषधको सुरुवात कसरी हुन्छ, मानिस कसरी यसको लतमा फस्दै जान्छ र दुर्व्यसनमा फसेपछि व्यक्तिको शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक जीवनमा कस्ता भयावह परिणामहरू निम्तिन सक्छन् भन्ने विषयमा विद्यार्थीहरूलाई जानकारी गराउनुभयो।

त्यसैगरी, अतिथि निलु झाले मानसिक स्वास्थ्य र सामाजिक सचेतनाको महत्त्वमाथि प्रकाश पार्दै मानिस मानसिक रूपमा स्वस्थ र सकारात्मक सोचको धनी हुन सके लागुऔषध दुर्व्यसनबाट टाढा रहन सहज हुने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई सामाजिक बन्न, सकारात्मक सोच राख्न र आफ्नो मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्नुभयो।

विद्यालयका प्रिन्सिपल सन्तोष पौडेलले विद्यार्थीहरूलाई सम्बोधन गर्दै लागुऔषधविरुद्धको अभियान आफ्नै घर, परिवार र साथीभाइबाट सुरु गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आफू मात्र दुर्व्यसनबाट टाढा रहेर पुग्दैन, आफ्नो वरपर रहेका साथीभाइ, दाजुभाइ, अंकल, आन्टी तथा अन्य व्यक्तिहरूलाई समेत दुर्व्यसनबाट जोगाउन सचेतना फैलाउन र आवश्यक सहयोग गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रम संयोजक शैलेन्द्र यादवले मधेस प्रदेशलाई पूर्ण रूपमा नशामुक्त बनाउने अभियानको यो सुरुवाती प्रयास भएको बताउँदै अभियानको अन्तिम गन्तव्य कहाँ पुग्छ भन्नेभन्दा पनि यसको परिणाम सकारात्मक र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागुऔषधको असर, यसबाट बच्ने उपाय तथा स्वस्थ र अनुशासित जीवनशैली अपनाउने विषयमा महत्त्वपूर्ण ज्ञान हासिल गरेको प्रतिक्रिया दिएका थिए।

लागुऔषधमुक्त समाज निर्माण केवल अभियानको विषय होइन, यो प्रत्येक नागरिकको जिम्मेवारी हो। आजका विद्यार्थी सचेत भए भोलिको समाज सुरक्षित र स्वस्थ बन्न सक्छ।

कार्यक्रम सचेतनामूलक सन्देशसहित सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3